गृहपृष्ठ क्वारेन्टिनका सुरक्षा गार्डद्वारा आत्मदाह

क्वारेन्टिनका सुरक्षा गार्डद्वारा आत्मदाह

रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनका सुरक्षा गार्डले शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । देवदह ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका उनको उपचारका लागि पाल्पा मिसन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

बस्याल देवदह नगरपालिका ७ शीतलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्ड थिए । आत्मदाह गर्नुको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु