गृहपृष्ठ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्न सिफारिस

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्न सिफारिस

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो ।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेकाे बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्न गृहमन्त्रालयमा सिफारिस गरेकाे हो । सिफारिस स्वीकृत भएलगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ ।

भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भोलि रातिसम्म एक साता निषेधाज्ञा घोषणा गरेको थियो ।

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु