गृहपृष्ठ अल्का अस्पतालकी कर्मचारी लेलेको जंगलमा मृत फेला

अल्का अस्पतालकी कर्मचारी लेलेको जंगलमा मृत फेला

हत्या आशंकामा भतिजा पक्राउ

जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत गीता केसी लेलेस्थित जंगलमा मृत फेला परेकी छन् । उनी चार दिनदेखि सम्पर्कविहीन रहेको बताइएको छ ।

उनको शुक्रबार साँझ गोदावरी नगरपालिका- १० लेलेस्थित सामुदायिक वनमा शव फेला परेको प्रहरीले जनाएको छ । ३९ वर्षीया केसीको हत्या भएकाे हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । केसी अल्का अस्पतालमा हाउस किपरको रूपमा कार्यरत थिइन् ।

हत्या आशंकामा केसीको भतिजा निर्मल केसी पक्राउ परेकाे महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका एसएसपी टेकप्रसाद राईले बताए ।

अस्पताल जाने भन्दै गीता घरबाट निर्मलसँगै हिँडेको परिवारका सदस्यहरूले बताएका छन् । बेलुका अबेरसम्म पनि घर नफर्केपछि अस्पतालमा सोधखोज गर्दासमेत उनी अस्पताल नआएको जानकारी पाएलगत्तै परिवारले प्रहरीकहाँ उजुरी दिएका थिए ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु