गृहपृष्ठ भारतमा एकै दिन ८७ हजारमा संक्रमण, संक्रमितको संख्या ४० लाख नाघ्यो

भारतमा एकै दिन ८७ हजारमा संक्रमण, संक्रमितको संख्या ४० लाख नाघ्यो

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ८७ हजार ११५ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको हो ।

भारतीय स्वास्थ्य विभागका अनुसार शुक्रबार मात्रै भारतमा एक हजार ६६ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ६३५ पुगेको छ ।

कुल संक्रमितमध्ये अहिलेसम्म ३१ लाख चार हजार ५१२ जनाको सफल उपचार भएको छ भने आठ लाख ४६ हजार ९२ संक्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ९ हजार जना संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु