गृहपृष्ठ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि

sashanka_koirala_newskarobar

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो आएपछि मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको पनि स्वाब परीक्षण गृन दिइएको छ । उनीहरूको रिपोर्ट आएको छैन । केही दिनयता कांग्रेस सांसद एवं उद्योगी विनोद चौधरीसँग पटक-पटक छलफलमा रहेका कोइरालामा कोरोनाको स्रोत त्यही भएको अनुमान गरिएको छ । चौधरी कोरोनामुक्त भइसकेका छन् ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पुष्टि भए पनि कोइरालामा कुनै लक्षण नदेखिएको उनको स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु