गृहपृष्ठ १,४५९ संक्रमित थपिए, १,०६२ जना डिस्चार्ज

१,४५९ संक्रमित थपिए, १,०६२ जना डिस्चार्ज

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टाभित्र १ हजार ४ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ सय ७१ पुगेको छ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु