गृहपृष्ठ अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या : एकैदिन थपिए १,५३९ जना
अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या : एकैदिन थपिए १,५३९ जना
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।
उनका अनुसार बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४१ र होम आइसोलेशनमा ७ हजार ७ सय १ जना रहेका छन् ।
गत २४ घण्टाभित्र कोरोनाका कारण देशभर ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यससहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
प्रकाशित समय १६:२६ बजे

















