गृहपृष्ठ थप १,३५६ जनामा कोरोना संक्रमण पुष्टि
थप १,३५६ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ६६ हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
प्रवक्ता डा. गौतमकाअनुसार ८ सय २३ जना बितेको २४ घण्टामा काेराेनामक्त भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । सोमबार ८ सय २३ जना डिस्चार्ज भएका थिए ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलशेन ८ हजार ९ सय ४९ जना रहेका छन् ।
प्रकाशित समय १६:२५ बजे

















