गृहपृष्ठ डा. केसीको तर्फबाट पनि बन्यो वार्ता टोली
डा. केसीको तर्फबाट पनि बन्यो वार्ता टोली
फाइल तस्बिर ।
सरकारसँग वार्ता गर्न अनसनरत प्राडा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारले शिक्षा सचिवको नेतृत्वमा आज साँझ तीन सदस्यीय वार्ता टोली गठन गरेकाे छ ।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
सरकारी वार्ता समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक र सदस्यहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।
प्रकाशित समय २१:१३ बजे

















