गृहपृष्ठ नेप्से १४ अंकले बढ्दा ३१ कम्पनीको मूल्यमा उछाल, कुन‑कुन हुन् ?

नेप्से १४ अंकले बढ्दा ३१ कम्पनीको मूल्यमा उछाल, कुन‑कुन हुन् ?

share-bazar-newskarobar

सेयर बजार परिसूचक नेप्से बुधबार १४ अंकले बढ्दा ३१ कम्पनीको मूल्यमा उछाल आएको छ । मूल्य उचालिनेमा अधिकांश जलविद्युत कम्पनी छन् ।

उत्पादनमूलक र लघुवित्तबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक १४.६८ अंकले बढेर १६००.९७ अंकमा उक्लिएको छ । बुधबार १९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर ३ अर्ब ३५ करोड ८५ लाख रूपैयाँबराबरमा किनबेच भएको छ ।

नेसनल हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, बरुण हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै दिव्येश्वरी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, समृद्धि फाइनान्स, तिनाउँ मिसन डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, सांग्रिला डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, पोखरा फाइनान्स, अपी पावर, जलविद्युत लगानी तथा विकास कम्पनी र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बुधबार ९ प्रतिशतभन्दा धेरै मूल्य बढ्नेमा ङादी ग्रुप पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, रिडी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र रसुवागढी हाइड्रोपावर छन् ।

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु