गृहपृष्ठ प्रहरी चौकी इन्चार्ज मृत फेला, जवान बेपत्ता
प्रहरी चौकी इन्चार्ज मृत फेला, जवान बेपत्ता
घटनास्थलमा प्रहरी ।
कैलालीमा प्रहरी चौकी इन्चार्ज मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका- १२, जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई मृत फेला परेका हुन् ।
शनिबार रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परको हो । उनीसँगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन् । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएका थिए ।
बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल फेला परेको थियो । करिब तीन किलोमिटर दूरीमा रहेको मोहना नदीमा असई बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
डीआइजी उत्तम सुवेदी सहितको टोली यतिबेला घटनास्थल पुगेको छ । तस्करसँगको भिडन्तमा उनीहरु मारिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित समय १२:२८ बजे

















