गृहपृष्ठ कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै मृत्यु, थप ३० जनाले ज्यान गुमाए
कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै मृत्यु, थप ३० जनाले ज्यान गुमाए
फाइल तस्बिर ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ३० जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु भएकामध्ये हालसम्मकै बढी हो ।
अहिलेसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ३ सय ७९ जना कोरोना संक्रमितको आईसीयूमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रकाशित समय १७:१५ बजे

















