गृहपृष्ठ कोरोना भाइरसबाट विश्वमा ५ करोडभन्दा बढी संक्रमित
कोरोना भाइरसबाट विश्वमा ५ करोडभन्दा बढी संक्रमित
चीनको वुहानबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोडभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभर ५ करोड ७ लाख ४३ हजार संक्रमित भइसकेका छन् ।
त्यस्तै कोरोनाबाट १२ लाख ६२ हजारको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यालले जानकारी दिएको छ । संक्रमितमध्ये ३ करोड ५७ लाख ९९ हजार कोरोनामुक्त भएका छन् ।
संयुक्त राज्य अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमरिकामा कोरोनाबाट २ लाख ४३ हजारले ज्यान गुमाइसकेका छन् । त्यहाँ सोमबारसम्म १ करोड २ लाख ८८ हजार कोरोना संक्रमित भएका छन् । बितेका २४ घण्टामा मात्रै अमेरिकामा ५१२ जनाले ज्यान गुमाएका छन् भने १ लाख २ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
अमेरिकापछि भारतमा १ लाख २६ हजारको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । भारतमा ८५ लाख ५३ हजार कोरोनाभाइरस संक्रमित रहेका छन् । बितेको २४ घण्टामा भारतमा ४९२ जनाले ज्यान गुमाए भने ४६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
ब्राजिलमा यस भाइरसका कारण १ लाख ६२ हजारको मृत्यु भएको छ भने ५६ लाख ६४ हजार संक्रमित भएका छन् ।
प्रकाशित समय १३:४९ बजे

















