गृहपृष्ठ वायुको तापक्रम घट्दो, चिसो बढ्दो
वायुको तापक्रम घट्दो, चिसो बढ्दो
हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राति देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज बिहान काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउने र चिसो बढ्ने क्रम पनि जारी छ ।
यसका साथै तराइका भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुनेछ । जसबाट सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित समय ०७:१४ बजे

















