गृहपृष्ठ प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख एवं प्रतिनिधिहरू बैठकमा सहभागी हुनेछन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल हुने तय भएको छ । यसअघि, नेपालको भूमि मिचेर कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतले सडक बनाएपछि गत वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु