गृहपृष्ठ एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन
एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन
फाइल तस्बिर ।
संसदको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकमा सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिएकी थिइन् ।
गृह मन्त्रालयको प्रस्तावबिनै मन्त्रिपरिषद्ले केही दिनअघि एक जना एआइजी र तीन जना डीआइजी थप्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा डीआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआइजीमा बढुवा गरिएको थियो । पोखरेल अब निर्विवाद रुपमा आइजी बन्नेछन् ।
प्रकाशित समय १६:१७ बजे

















