गृहपृष्ठ विश्वभरका कोरोना संक्रमितमध्ये ६९.२२ प्रतिशत डिस्चार्ज, २.२७ प्रतिशतको मृत्यु

विश्वभरका कोरोना संक्रमितमध्ये ६९.२२ प्रतिशत डिस्चार्ज, २.२७ प्रतिशतको मृत्यु

विश्वभर कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ६ करोड ८६ लाखनजिक पुगेको छ । बितेको २४ घण्टामा मात्रै विश्वमा ५ लाख ९१ हजारभन्दा बढी कोरोनाका बिरामी थपिएका छन् ।

बुधबारसम्म विश्वमा कुल संक्रमितको संख्या ६ करोड ८५ लाख ९९ हजार ५९६ रहेको छ । बितेको २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ११ हजार ८६१ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १५ लाख ६३ हजार ८०१ रहेको छ । यो कुल संक्रमितको २.२७ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोना भाइरसबाट विश्वमा हालसम्म ४ करोड ७४ लाख ९० हजार १४१ जना डिस्चार्ज भएका छन् । यो संख्या कुल संक्रमितको ६९.२२ प्रतिशत हो । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ९५ लाख ४५ हजार ६५४ जना रहेको वर्डाेमिटरले जनाएको छ । जुन कुल संक्रमितको २८.४९ प्रतिशत हो । त्यस्तै सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ३७४ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ५५ लाख ९३ हजार ३४६ रहेको छ भने २ लाख ९३ हजार ४४५ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ९० लाख ८८ हजार १०८ जना निको भई घर फर्किसकेका छन् । अमेरिकामा बितेको २४ घण्टामा मात्रै २ हजार ९६० जनाले ज्यान गुमाएका छन् भने २ लाख ९ हजार ७५६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो बढी प्रभावित देश भारतमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ९७ लाख ३५ हजार ९७५ रहको छ भने १ लाख ४१ हजार ३९८ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी भारतमा ९२ लाख १५ हजार ५८१ जना निको भइसकेका छन् ।

तेस्रो बढी संक्रमित रहेको देश ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७८ हजार १८४ पुगेको छ । त्यहाँ संक्रमितको संख्या ६६ लाख ७५ हजार ९१५ रहेको छ । ब्राजिलमा कोरोनाबाट ५८ लाख ५४ हजार ७०९ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमिको कुल संख्या २ लाख ४३ हजार ३७७ छ । १ हजार ६३७ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट २ लाख २९ हजार ५४ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु