गृहपृष्ठ चिनियाँ उपमन्त्रीको टोली काठमाडौंमा

चिनियाँ उपमन्त्रीको टोली काठमाडौंमा

उपमन्त्री गुओ येचौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक विभाजन भइसकेको पृष्ठभूमिमा विस्तृत अध्ययनका लागि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ एक समूहको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।

उपमन्त्री येचैले नेकपामा अलिहेको परिस्थिति आउनुको कारण, अबको विकल्प र यसको असर तथा मिल्नका लागि आवश्यक विकल्पहरुका विषयमा तथ्यपकर छलफल र सल्लाह तथा सुझाव दिने जिम्मेवारीसहित नेपाल ओर्लिएका बताइएको छ ।

उपमन्त्री येचैले सुरुमा नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल तथा अन्य शीर्ष नेताहरुसँग भेट गर्नेछन् । त्यसपछि उनीहरुले राजदूतावासबाट ब्रिफिङ लिने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने बताइएको छ ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु