गृहपृष्ठ विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेपछि विप्लव समूहले बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको हुन् ।

विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम छन् ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु