गृहपृष्ठ बझाङमा विव्यसको चुनाव सकेर फर्कँदा युवकमाथि खुँडा प्रहार गरी हत्या
बझाङमा विव्यसको चुनाव सकेर फर्कँदा युवकमाथि खुँडा प्रहार गरी हत्या
बझाङमा विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्कँदा युवकमाथि खुँडा प्रहार गरी हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको प्रहरीले जनाएको छ । खुँडा प्रहारको आशंकामा गाउँपालिका २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् ।
प्रकाशित समय ०९:४० बजे

















