गृहपृष्ठ सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) तनहुँका सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले अधिकारीविरुद्ध एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मंगलबार मुद्दा दायर गरेको हो ।

आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको भौतिक संरचनाको निर्माणमा निकासा दिलाइदिएबापत अतिरिक्त रकम लिइरहेका अधिकारीलाई अख्तियारले रकमसहित रंगेहात पक्राउ गरेको थियो । उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएकाले बिगो रकमसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु