गृहपृष्ठ थप १०९ जनामा कोरोना पुष्टि, ३५० जना डिस्चार्ज
थप १०९ जनामा कोरोना पुष्टि, ३५० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबार ३५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ ।
प्रकाशित समय १७:२१ बजे

















