गृहपृष्ठ प्रचण्ड-नेपाल पक्षले भोलि देशव्यापी आमहड्ताल गर्ने

प्रचण्ड-नेपाल पक्षले भोलि देशव्यापी आमहड्ताल गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको विरोधमा आन्दोलनको पूर्वनिर्धारित कार्यक्रम फेरबदल गर्दै प्रचण्ड-माधव पक्षले आमहड्ताल गर्ने निर्णय गरेको हो ।

आमहड्तालको विषयमा अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसबाहेक थप संघर्षको कार्यक्रमसमेत घोषणा गर्ने तयारी यो पक्षले गरेको छ । प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

राजनीतिक र कानुनी विरोधका बीच सरकारले विभिन्न आयोगमा सिफारिस भएका ४५ जनामध्ये ३८ पदाधिकारीले संसदीय सुनवाई बिना नै बुधबार बिहान सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेका थिए ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु