गृहपृष्ठ पङ्खाले लागेर रुपन्देहीमा एकको मृत्य
पङ्खाले लागेर रुपन्देहीमा एकको मृत्य
रुपन्देहीको गैडहवा गाउँपालिकामा पङ्खाले लागेर एक जना युवकको मृत्यु भएको छ । तीव्र गतिमा चलिरहेको पंखाले घाटीमा लाग्दा उनकाे मृत्यु भएको हो ।
गैडहवा गाँउपालिका– २, सीतापुरका अन्दाजी २० वर्षीय रियाजुिद्दन शेषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । राति १ बजे रमजान जाग्राम बसेर घरमा सुत्न लाग्दा तिब्र गतिमा चलिरहेको पङ्खाको पाताले घाँटीमा लाग्दा गम्भीर घाईते भएका शेषको अत्यधिक रत्तश्रावका कारण केही मिनेटमै मृत्यु भएको थियो ।
प्रकाशित समय १६:२१ बजे

















