गृहपृष्ठ ताराखोलामा जिप दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु
ताराखोलामा जिप दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु
बागलुङको ताराखोला गाउँपालिकास्थित अर्गलमा बिहीबार भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाँडातर्फ जाँदै गरेको ग. १ ज ६०३४ नम्बरको पिकअप दुर्घटना हुँदा ताराखोला-३ का २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै ज्यान गएको बागलुङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका घिमिरे ताराखोला-३ का वडा सदस्य हुन् । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ताराखोला गाउँपालिका- ३ का जिप चालक डम्बरबहादुर घिमिरे र कर्ण भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार दुवै घाइतेको अवस्था गम्भीर छ ।
प्रकाशित समय १५:४७ बजे

















