गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । दुर्घटनामा दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे. ८ प ११५१ नम्बरको मोटरसाइकल शिवराज नगरपालिका–५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा ठोक्किन गई दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए । दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ बस्ने वर्ष ४० का मोटरसाइकल चालक अनिल बस्नेतको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ३० का सन्तोष पुन र १८ वर्षीय विशाल पुन घाइते भएका छन् । घाइते दुवै जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु