गृहपृष्ठ वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा समेत पानीको बहाव बढ्दै गएको छ । प्रदेश ७ का पहाडी जिल्लामा लगातार वर्षा भएपछि कञ्चनपुर र कैलालीका अधिकांश नदी र खोलामा पानीको सतह बढ्दै गएको छ ।

महाकाली नदीमा पानीको सतह बढेसँगै नेपाल-भारत सीमास्थित वनवासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाएको छ । नदीमा पानीको सतह खतराको सूचकभन्दा बढी भएपछि भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । दिउँसो ३ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २४ हजार क्युसेक रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएमा खतरा मानिन्छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन कञ्चनपुर प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु