गृहपृष्ठ एनएमबी बैंक र एनसीएचआरसीबीच सम्झौता

एनएमबी बैंक र एनसीएचआरसीबीच सम्झौता

एनएमबी बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने गरी नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर (एनसीएचआरसी) र बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबी बैंकका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । अस्पतालमा अन्तर्राष्ट्रियस्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट क्यान्सर रोगको उपचार हुने गरेको छ ।

सम्झौताअनुसार एनएमबी भिसा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरी ग्राहक तथा कर्मचारीले अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, ल्याबोरेटोरी र शय्या शुल्कमा १० प्रतिशत तथा रेडिएसन थेरापी र ब्रेकी थेपापीमा सात प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौता एक वर्षका लागि भएको हो ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु