गृहपृष्ठ बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु

बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु

बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केही दिनयता बाढी र पहिरोले पुर्याएको क्षतिबारे जानकारी दिँदै १५ देखि २० गतेभित्र २६ जनाको मृत्यु भएको बताएका हुन् ।

बाढीमा परी दुर्इजना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । गृहमन्त्रीका अनुसार बाँकेमा चार, रोल्पामा तीन, सिन्धुली, पर्सा, सर्लाही, तनहुँ र मकवानपुरमा २/२ जनाको मृत्यु भएको छ । यस्तै कैलाली, चितवन, काठमाडौं, उदययुर, सिरहा, दाङ, महोत्तरी, बर्दिया र बारामा १/१ जनाको मृत्यु भएको छ । बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु भइसकेको गृहमन्त्रीले बताए ।

ठूलो क्षतिको सम्भावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाएको उनको भनाइ छ । सेना, प्रहरी र सम्बन्धित निकाय तथा केन्द्रको युनिटलाई २४सै घण्टा सर्तक अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ । सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसँग माग गरेपछि गृहमन्त्री थापा विवरणसहित उपस्थित भएका हुन् ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु