गृहपृष्ठ मानवअधिकारकर्मी पहाडीसहित २५ जना प्रहरी नियन्त्रणमा

मानवअधिकारकर्मी पहाडीसहित २५ जना प्रहरी नियन्त्रणमा

प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

पहाडीसहित मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा. गंगाधर पराजुली, होमाकान्त चौलागार्इं, कृष्ण कँडेल, रेणुका पौडेललगायत पक्राउ परेका हुन् । गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधी सरकारका निर्णय तत्काल फिर्ता हुनुपर्ने लगायतका माग राखेर उनीहरू धर्ना बसेका थिए ।

धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु