गृहपृष्ठ राष्ट्रिय सभामा पनि जरूरी सर्वजनिक महत्वको प्रस्ताव दर्ता
राष्ट्रिय सभामा पनि जरूरी सर्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रिय सभामा कांग्रेस सांसद राधेश्याम अधिकारीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । सांसद अधिकारीले संसद सचिवालयमा पेश गरेको प्रस्ताव मंगलबार दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रनितिधी सभामा डा. केसीको जीवन रक्षाको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको भोलीपल्टै मंगलबार राष्ट्रिय सभामा पनि उक्त प्रस्ताव दर्ता भएको हो ।
संघीय संसद सचिवालयका महासविच मनोहरप्रसाद भट्टराईका अनुसार मंगलबार सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिने कार्यसूचीमात्रै रहेको छ । कांग्रेस सांसद अधिकारीले दर्ता गरेको प्रस्तावमा कांग्रेस सांसद अनिता देवकोटा र रमेशजंग रायमाझीले समर्थन गरेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसूलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेश अनुरुप नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ तत्काल सदन समक्ष प्रस्तुत गर्न र अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न सरकारले आवश्यक कार्य गरोस् ।’
प्रकाशित समय १४:०९ बजे