गृहपृष्ठ ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते
ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते

भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा. ४ ख ८७२५ नम्बरको ट्रिप्परले बा. ८५ प ७१६ नम्बरको मोटरसाइकललाई जडीबुटीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा परी भक्तपुरको सल्लाघारी बस्ने रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटर साईकल चालक सल्लाघारी निवासी १८ बर्षे अमन ढुंगेल घाइते भएको छन् ।
ट्रिपरले एउटै दिशाबाट कोटेश्वर आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते भएका ढुंगेलको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको धार्के गाउँपालिका निवासी ट्रिप्पर चालक हरिशरण राईलाई ट्रिपरसहितत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय १६:५६ बजे