गृहपृष्ठ सिन्धुपाल्चोकमा जीप दुर्घटना, पाँच जनाको मृत्यु (अपडेट)
सिन्धुपाल्चोकमा जीप दुर्घटना, पाँच जनाको मृत्यु (अपडेट)

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । गाडी एक्कासी बन्द भएपछि सडकबाट करिब चार सय मिटर तल खसेको हो ।
भोताङका स्थानीय ७५ वर्षीया भीमबहादुर तामाङ, ५५ वर्षका जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङको घटनास्थलमै र भोताङकै ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
इलाका प्रहरी मेलम्चीका अनुसार उद्धारका लागि नाइट भिजन हेलिकप्टर आएपनि मौसम खराबीका कारण रित्तो फर्किएपछि अन्य सवारीसाधनबाट घाइतेलाई उपचारर्थ लगिएको छ ।
प्रकाशित समय ०९:३४ बजे