गृहपृष्ठ डाक्टर केसी र वार्ता टोलीबीच भएन सहमति
डाक्टर केसी र वार्ता टोलीबीच भएन सहमति

अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारीवार्ता टोलीबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । डा. केसीका मागप्रति सरकारी वार्ता टोली गम्भीर नभएको केसी पक्षका वार्ता टोली सदस्य अोमप्रकाश अर्यालले जानकारी दिए ।
चिकित्सा शिक्षामा सुधारकाे मागसहित डा. केसी १८ दिनदेखि जुम्लामा अनसनरत छन् । सरकारले विगतका सहमति उल्लंघन गर्दै चिकित्सा शिक्षा विधेयक सदनमा दर्ता गराउन खोजेको भन्दै डा. केसीले अनसन सुरू गरेका हुन् । केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रकाशित समय १३:०८ बजे