गृहपृष्ठ ब्रेकिङ न्युज : बानेश्वरमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

ब्रेकिङ न्युज : बानेश्वरमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

तरूण दलले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गर्यो बल प्रयोग

अनसनरत डा. गाेविन्द केसीकाे समर्थनमा प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको युवा संगठन तरूण दल र प्रहरीबीच झडप भएकाे छ । माइतीघरबाट नयाँ बानेश्वर चाेकतर्फ जाँदै गरेका प्रदशर्नकारी र प्रहरीबीच झडप भएकाे हाे ।

तरूण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्याँस प्रहार गरेकाे छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

आक्रोशित युवाले केही सरकारी गाडी तोडफोड गरेका छन् भने बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा पनि ढुंगा तथा इँटा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट इन्द्रेणीका केही झ्यालका सिसा फुटेका छन् ।

 

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु