गृहपृष्ठ डा. केसीको अनसनमाथि राजनीति

डा. केसीको अनसनमाथि राजनीति

nebisang-newskarobar

चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीको अनसन राजनीतीकरण हुँदै गएको छ । डा. केसीको अनसनको पक्षमा केही राजनीतिक दलहरु खुलेरै लागेका छन् भने केही चाहिँ विपक्षमा छन् ।

काठमाडौंको माइतिघर तथा बानेश्वर आसपासको क्षेत्रमा दिनहुँजसो उनको पक्षमा प्रदर्शन हुँदै आएको छ । डा. केसीको अनसनमा साथ दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि नयाँ शक्ति पार्टी नेपाल तथा विवेकशील साझा पार्टीसमेत सडकमा उत्रिएका छन् ।

काठमाडौं शनिबार पनि कांग्रेस, नयाँ शक्ति तथा विवेकशील साझा पार्टीले केसीको पक्षमा प्रदर्शन गरे । केसीको पक्षमा भएको प्रदर्शन माइतिघरबाट नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत हुनेछ ।

यस अघिका प्रदर्शनहरुको नेतृत्व गर्दै आएको सोलिडारिटी फर डा. केसी अलायन्सलाई कांग्रेसको चर्काे स्वरले यसपटक भने थिचेको छ । आन्दोलनको अग्रभागमा कांग्रेसका नेताहरुको उपस्थितिले उनको अनसन स्वाभाविक रुपमा राजनीतिकरण भएको छ । त्यसैगरी नेपाल प्राध्यापक संघ, नेपाल चिकित्सक संघ, कलाकार, नागरिक समाज तथा विभिन्न संघसंस्थाले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु