गृहपृष्ठ बाल यौन दुराचारमा संलग्न दुर्इ फ्रान्सेली नागरिक पक्राउ

बाल यौन दुराचारमा संलग्न दुर्इ फ्रान्सेली नागरिक पक्राउ

child-harras

 

बाल यौन दुराचारमा संलग्न दुर्इ जना फ्रान्सेली नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको हो ।

काठमाडौंको कागेश्वरी-मनहरा नगरपालिका भद्रबासस्थित एक घरमा डेरा गरी बसेका उनीहरु २२ दिनको निगरानीबाट बाल यौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरिएको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिए । प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ परेको ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रहरीका अनुसार १० देखि १४ वर्षका बालकलाई फुटबल, चक्लेट र स्पोर्टस ड्रेस किनिदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो यौन दुर्व्यवहार गरेको ब्युरोले जनाएको छ । पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको ब्युरोका निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु