गृहपृष्ठ नेप्से परिसूचक र कारोबार रकम दुवै सकारात्मक

नेप्से परिसूचक र कारोबार रकम दुवै सकारात्मक

share-index-newskarobar

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि बढेको छ । उत्पादनमूलक र लघुवित्तबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ४.७७ अंकले बढेको हो । बजार परिसूचक सोमबार करिब १२ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार २९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो । आइतबार २१ करोडको कारोबार भएको बजारमा सोमबार १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु