गृहपृष्ठ रसुवाको टिमुरेमा पहिरो जाँदा एकजनाको मृत्यु

रसुवाको टिमुरेमा पहिरो जाँदा एकजनाको मृत्यु

rasuwa pahiro news karobar

रसुवाको टिमुरेमा गएराति परेको अविरल बर्षासँगै झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ११ जना बेपत्ता भएको आशंका गरिएको छ । १२ घाइतेलाई उपचारको लागि टिमुरे स्वास्थ्य चौकीमा ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सो क्षेत्रमा ठुलो पहिरो झरेको सूचना आएकोले त्यसतर्फ उद्धारका लागि सुरक्षाकर्मी पठाइएको जानकारी दिए । पहिरोले टमुरेमा रहेको अस्थायी प्रहरी पोष्ट बगाएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको पौडेलले बताए ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु