गृहपृष्ठ सिरियामा शृंखलाबद्ध आक्रमण, २ सय १५ जनाको मृत्यु

सिरियामा शृंखलाबद्ध आक्रमण, २ सय १५ जनाको मृत्यु

सरकारको नियन्त्रणमा रहेको दक्षिण–पश्चिम सिरियामा इस्लामिक स्टेट (आइएस)का लडाकुले श्रृङ्खलाबद्ध आक्रमण गरेका छन् । एकपछि अर्को गर्दै गरिएको आक्रमणमा २१५ जना मारिएका छन् । उक्त क्षेत्रको मुख्य शहर स्वीदामा ५० भन्दा बढी मानिस मारिएका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तर, अरु समाचारमा जनाइए अनुसार यो संख्या २ सयभन्दा बढी हुन सक्नेछ ।

इस्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछि शहरको पूर्व भागमा सरकार समर्थित सुरक्षा बल र चरमपन्थी समूहबीच गोली हानाहान भएको छ ।

सिरियाली सरकारले देशको दक्षिणी भागमा विद्रोहीहरुले कब्जा गरेको क्षेत्रलाई दोस्रो पटक नियन्त्रणमा लिनका लागि रुसको मद्दत लिएर कारबाही सुरु गरेको थियो ।

प्रकाशित समय ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु