गृहपृष्ठ डा. केसीका मागमा बालुवाटारमा जुट्यो सहमति, आजै अनसन तोडिने
डा. केसीका मागमा बालुवाटारमा जुट्यो सहमति, आजै अनसन तोडिने

अनसरनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि तीन दिनदेखि गहन छलफलमा जुटेका केसी पक्ष र सरकारी टोलीबीचको वार्ता अन्ततः निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सम्पन्न वार्तामा दुवै पक्ष सहमतिमा पुगेका हुन् ।
सहमतिलार्इ अन्तिम रूप दिन अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भइरहेको छ । सहमतिमा हस्ताक्षर भएपछि अाजै केसीले अनसन तोड्ने केसी पक्षका वार्ता टोलीका एक सदस्यले न्युज कारोबारलार्इ बताए ।
बुधबार बिहान भएको सहमति साँझ भाँडिएपछि राति मध्यरातसम्म सहमतिको प्रयासमा दुवै पक्ष जुटेका थिए । राति २ बजेसम्म चलेको वार्तामा केसीका मागका विषयमा दुवै पक्ष सहमतिनजिक पुगेका थिए ।
बिहीबार बिहान पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहित सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा. धर्मकान्त बाँस्कोटा र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले केसीका मागका विषयमा छलफल गरेका थिए ।
चिकित्सा शिक्षामा सुधारको मागसहित डा. केसी २७ दिनदेखि अनसरमा छन् ।
प्रकाशित समय १५:१८ बजे