गृहपृष्ठ सरकारसँगको सहमतिमा डा. केसीले हस्ताक्षर गरे, सबैलाई दिए धन्यवाद

सरकारसँगको सहमतिमा डा. केसीले हस्ताक्षर गरे, सबैलाई दिए धन्यवाद

kc-ansan-newskarobar

चिकित्सा क्षेत्रका बेथिति सुधारका लागि विभिन्न सात बुँदे माग राख्दै अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी पक्ष र सरकारबीच नाै बुँदे सहमति भएको छ । त्यसमा चिकित्सक केसीले पनि हस्ताक्षर गरेका छन् ।

सहमतिको ड्राफ्ट लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्बाङ टिचिङ हस्पिटल पुगेका थिए । उनीहरुले देखाएको ड्राफ्टमा डा. केसीले हस्ताक्षर गरेका हुन् ।

केसी पक्ष र सरकारी वार्ता टोलीबीच सुरुमा सात बुँदे सहमति भएको थियो । तर, डा. केसीले ड्राफ्ट हेरेपछि दुई बुँदामा असहमति जनाए । त्यसपछि नाै बुँदे सहमति भयो । त्यसमा पनि केसी सहमत भएनन् । काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने विषय जस्ताको त्यस्तै राख्नुपर्ने अडान उनले राखे ।

उक्त ड्राफ्ट पुनः छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार लगियो र प्रधानमन्त्रीको सहमतिमै नयाँ ड्राफ्ट तयार गरियो । त्यसमा आशयपत्र दिइसकेका मेडिकल कलेजलाई काठमाडौंबाहिर जान प्रोत्साहन गर्ने र नसकेमा आपसी सहमतिमा सरकारले स्वामित्व लिन मिल्ने गरी सहमितको ड्राफ्ट तयार गरिएको केसी पक्षका वार्ता टोलीका एक प्रतिनिधिले न्युज कारोबारलाई जानकारी दिए ।

सहमतिका बुँदालाई संसदीय प्रक्रियामा लगेर पारित गरिने भएको छ । यसैबीच, डा. केसीले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । डा. केसीले २७औं दिनमा माथेमा र नेम्बाङबाट जुस खाएर अनसन तोडेका छन् ।

प्रकाशित समय २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु