गृहपृष्ठ बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार

बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार

balika-rape-newskarobar

 

कञ्चनपुरको भीमदत्तमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि स्थानीयबासीले आन्दोलित भएका छन् । हत्यारालार्इ कडा कारबाही गर्नुपर्ने माग राख्दै भीमदत्त नगरपालिका–२, महुलिया, उल्टाखामका बासिन्दाले दिनभर प्रदर्शन गरेका हुन् ।

 

आक्रोशित स्थानीयले भीमदत्त नगरपालिकाको मूल गेटमा दिनभर टायर बालेर प्रदर्शन गरे । प्रदर्शनकारी नगरपालिका कार्यालयभित्र प्रवेश गर्न खोजेपछि रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । भीड तितरवितर पार्न प्रहरीले एक दर्जन आश्रुग्याँस प्रहार गरेको छ ।

 

स्थानीयले घटनास्थलनजिकै प्रहरी बिट राख्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै दिनभर प्रदर्शन गर्नुका साथै महेन्द्रनगर बजार बन्द गराएका थिए । प्रदर्शनकारीले घटनाको सत्यतथ्य छानबिन भर्इ दोषीलार्इ कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

 

बलात्कारपछि हत्या भएकी बालिकाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दोषीलाई पक्राउ नगरेको भन्दै परिवारले शव बुझ्न मानेका छैनन् । मृतक निर्मलाकी साथी रोशनी बमले दिउँसो ११:१५ मा निर्मला होमवर्क सकेर घर फर्किएको बताइन् । ‘हामीले होमवर्क सँगै गर्यौं, मैले उनलाई अम्बा दिएर घर पठाएको थिएँ,’ रोशनीले भनिन्, ‘आज उनी मृत अवस्थामा फेलापरेको थाहा पाउँदा डर लागिरहेको छ ।’

 

यो पनि पढ्नुहोस्

कञ्चनपुरमा फेरि अर्काे बलात्कार

प्रकाशित समय २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु