गृहपृष्ठ प्रदेश १ : असारमा मात्रै ८ सय ७७ अापराधिक घटना

प्रदेश १ : असारमा मात्रै ८ सय ७७ अापराधिक घटना

province 1-newskarobar

प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । ति घटना मध्य असार महिनामा मात्र ८ सय ७७ वटा अापराधिक घटना भएको तथ्यांकले देखाएको छ ।

यी घटना धेरैजसो शुक्रबार घटेका छन् । यो तथ्यांकले प्रदेश एकमा शुक्रबारका दिन बढी आपराधिक घटना हुने गरेको तथ्यांकले देखाएको छ । १ नम्बर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन वढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो ।

शुक्रबारका दिन मध्यान्ह १२ वजेदेखी बेलुकी ६ वजेसम्म बढी आपराधिक घटना हुने गरेको तथ्यांकमा देखिएको छ । शनिबार विदा भएकाले शुक्रबारका दिन मादक पदार्थ सेवन गर्नेको संख्या बढी हुने र मादक पर्दाथका कारण आपराधिक घटना बढी हुने गरेको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक केदार रिजालले वताए ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी अपराध हुने गरेको तथ्यांक सार्बजनिक भएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा सबैभन्दा बढी असार महिनामा ८ सय ७७ वटा अपराधजन्य क्रियाकलाप भएको डिआइजी रिजालले बताए । आपराधिक घटना नियन्त्रणका लागि एक नम्बर प्रहरी प्रदेश कार्यालयले विशेष सुरक्षा अभियान तथा सुरक्षाका नयाँ रणनीति अघि सारेको जनाएको छ ।

 

सबैभन्दा धेरै अपराध सुनसरीमा

प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा बढी सुनसरी जिल्लामा अपराधका घटना भएका छन् भने सबैभन्दा कम तेह्रथुम जिल्लामा भएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरी जिल्लामा एक वर्षमा एक हजार ९ सय ९० वटा अपराधका घटना भएका छन् ।

उता तेह्रथुम जिल्लामा भने एक सयवटा अपराधको घटना भएका छन् । प्रदेश १ मा कुल १४ वटा जिल्ला छन् । जसमा गत आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । कुल अपराधका घटनामध्ये झापामा एक हजार ६ सय ८७, मोरङमा एक हजार ६ सय २७, उदयपुरमा ५ सय ३५, पाँचथरमा २ सय ८१ घटना भएका छन् । त्यसैगरी इलाम जिल्लामा २ सय ४२, संखुवासभामा २ सय १८, ताप्लेजुङमा १ सय ६७, भोजपुरमा १ सय ६६, खोटाङमा १ सय ६०, धनकुटामा १ सय ४७, सोलुखुम्बुमा १ सय ३१ र ओखलढुङ्गामा १ सय ३० अपराधका घटना भएका छन् ।

यो आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयमा ७ हजार ६ सय ९१ वटा अपराधका उजुरी दर्ता भएकोमा ४ हजार १ सय ५९ वटा मुद्दा फर्छ्यौट भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रदेश १ मा कुल ७ हजार ९ सय ५० अपराधका उजुरी दर्ता भएका थिए । अघिल्लो वर्ष भन्दा यो वर्ष अपराधका उजुरी करिब २ सयको संख्याले कम देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु