गृहपृष्ठ शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता
शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता
खोजी तथा उद्धारका लागि खुम्जुङबाट तीनवटा हेलिकप्टर गोक्यो प्रस्थान
सोलुखुम्बुको खुम्जुङ पासाङ ल्हामु गाउँपालिमा पर्ने गोक्यो हिमतालमा डुबेर तीन विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीनजना शनिबार बिहान ताल घुम्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
विद्यार्थीको खोजी तथा उद्धारका लागि खुम्जुङबाट तीनवटा हेलिकप्टरमा १५ जनाको टोली गोक्यो प्रस्थान गरिसकेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । ‘तर, माैसम खराबका कारण पछिल्लो कुनै अपडेट पाएका छैनाैं,’ उनले भने, ‘हेलिकप्टर गोक्यो क्षेत्र पुगेको मात्र जानकारी आएको छ ।’
खुम्जुङ माविमा कक्षा ९ मा अध्ययनरत खुम्जुङका पेम्बा दोर्जे र पेम्बा नुरू तथा नाम्चेका सुनिल बराइली डुबेर बेपत्ता भएको शेर्पाले जानकारी दिए । बिहीबार शैक्षिक भ्रमणमा गएका उनीहरू आज फर्किने कार्यतालिका थियो ।
विद्यार्थीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी नायब निरीक्षक माधव कार्कीको नेतृत्वमा तीनजनाको प्रहरी टोली केहीबेरमै गोक्यो प्रस्थान गर्दैछ । माैसम खराब भएकाले समस्या भइरहेको इलाकाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार नाम्चेबाट गोक्यो पुग्न दुर्इ दिन लाग्छ ।
प्रकाशित समय १३:३० बजे

















