गृहपृष्ठ प्रदेश ७ : बाढीपहिरोमा परी चार महिनामा २९ जनाको मृत्यु
प्रदेश ७ : बाढीपहिरोमा परी चार महिनामा २९ जनाको मृत्यु
फाइल तस्बिर
विगत चार महिनामा प्रदेश ७ का नौ जिल्लामा प्राकृतिक प्रकोपका घटनामा परी २९ जनाको ज्यान गएको छ । यो अवधिमा अन्य ६ जना घाइते भएका छन् भने २२ जना बेपत्ता छन् ।
पहिरोमा ६, बाढीमा ८, हावाहुरीमा २, डुबेर १२ र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको राष्ट्रिय आपत्तकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ । प्रदेशमा विपदमा परी ज्यान गुमाउने र घाइते हुनेमा महिलाको संख्या अधिक छ । प्रदेशभर १६ महिला र १३ पुरुषको मृत्यु भएको छ भने १२ महिला र १० पुरुष बेपत्ता भएको केन्द्रले जनाएको छ ।
भारी वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी, भारी वर्षालगायतमा परी ३ सय ३९ जना प्रभावित भएको, २ सय ५२ घरमा आंशिक र १४ घरमा पूर्ण क्षति पुगेको छ भने ६ वटा गोठ र ४१ पशुचौपायामा क्षति पुगेको तथ्यांकमा उल्लेख छ । प्राकृतिक प्रकोपबाट प्रदेशमा २ लाख १९ हजार रुपैयाँबराबरको अनुमानित क्षति भएको छ केन्द्रले जनाएको छ ।
प्रकाशित समय १२:५७ बजे

















