गृहपृष्ठ साहित्यकार दाहाल यज्ञनिधि रहेनन्
साहित्यकार दाहाल यज्ञनिधि रहेनन्
तस्बिर गुगल
साहित्यकार दाहाल यज्ञनिधिको निधन भएको छ । लामो समयदेखि मृगाैला रोगबाट पीडित दाहालको शुक्रबार ललितपुरको सुमेरू अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका दाहाल २०३१ सालमा काठमाडाैं छिरेका थिए । २०३४ सालमा रेडियो नेपालको साहित्य संसारमा छिरेपछि उनी रातारात लोकप्रिय बनेका थिए । दाहालले २०४० को दशकदेखि लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ नामक चर्चित साहित्यिक कार्यक्रमका सञ्चालन गरेका थिए ।
प्रकाशित समय २०:४४ बजे

















