गृहपृष्ठ मारवाडी युवा मञ्चद्वारा अपांगता भएकालाई खुट्टा प्रदान

मारवाडी युवा मञ्चद्वारा अपांगता भएकालाई खुट्टा प्रदान

khutta -newskarobar

जनकपुरमा मारवाडी युवा मञ्चले २५ जना अपांगता भएकालाई कृत्रिम खुट्टा प्रदान गरेको छ । विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका अपांगता भएकाहरूलार्इ खुट्टा प्रदान गरिएको हो ।

कार्यक्रममा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले खुट्टा गुमाएकालार्इ राहतस्वरुप खुट्टा प्रदान गरेर मारवाडी मञ्चले मानवीय एवं उदाहरणीय काम गरेको बताए । कार्यक्रममा जनकपुरका समाजसेवी रामचन्द्र साह, प्रदेश सभा सदस्य एवं गंगा आरती अभियानका रामाशिष यादव, स्वर्गद्वारी निर्माणकर्ता पवन सिंघानियालार्इ सम्मान गरिएको छ ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु