गृहपृष्ठ उदयपुरमा किशोरीमाथि सामूहिक बलात्कार
उदयपुरमा किशोरीमाथि सामूहिक बलात्कार
सांकेतिक तस्बिर
उदयपुरको त्रियुगा नगरपालिकामा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन जनाको समूहमा रहेका बलात्कारीहरुले उनको बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याइएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न २६ वर्षीय विकास परियारलाई पक्राउ गरिएको र थप दुई जनाको खोजी भइरहेको छ ।
पक्राउ परेका एक जनासमेत अन्य दुई जनाले ती किशोरीलाई स्थानीय बसपार्कबाट फकाई जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए । उनीहरुले चौदण्डी नगरपालिकाको जंगलमा लगेर उनीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:३९ बजे

















