गृहपृष्ठ विराटनगरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेका मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
(रासस)
प्रकाशित समय ११:०७ बजे

















